नेकपा माओवादी केन्द्रमा १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव, प्रस्तावित नामप्रति विरोध

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रमा १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरेका हुन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा उनले पोलिटब्युरोमा रहनेहरूको नाम प्रस्ताव गरेका हुन् ।
सूचीमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, उर्मिला अर्याल, पम्फा भुसाल, हरिबोल गजुरेल, गणेश शाह, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, दीनानाथ शर्मा, सुरेश आलेमगर, बामदेव क्षेत्री, पूर्णकुमारी सुवेदी, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, मात्रिका यादव, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, जयपुरी घर्ती, शशि श्रेष्ठ, हितमान शाक्य, अमृता थापा, ओनसरी घर्ती, राम कार्की नाम रहेको छ ।
त्यस्तै, कालीबहादुर मल्ल, खगराज भट्ट, प्रल्हाद बुढाथोकी, भरतप्रसाद साह, महेन्द्रबहादुर शाही, यशोधा गुरुङ, रेखा शर्मा, लेखनाथ न्यौपाने, विश्वनाथ साह। टेकबहादुर बस्नेत, झक्कु सुवेदी, जोखबहादुर महरा, गंगा कार्की, कृष्णध्वज खड्का, रेखा शर्मा, कुलप्रसाद केसी, कुमार पौडेल, कुमारी मोक्तान, जगतप्रसाद यादव, शालिकराम जमरकट्टेल, श्रीराम ढकाल, शिवकुमार मण्डल, गणेशमान पुन, खिमलाल देवकोटा, रेनु दाहालको नाम पनि सूचीमा छ ।
त्यसैगरी, रामकुमारी चौधरी, युवराज चौलागाई, मुक्ति नारायण प्रधान, माधव सापकोटा, महेश्वर दाहाल, महेन्द्र पासवान, विमला सुवेदी, देवीलाल चौधरी, देवेन्द्र पराजुली, दिलिप प्रजापति, दामाकुमारी शर्मा, कल्पना धमला, कमला रोका, इन्द्रजीत थारु, आशा कोइराला, ओम शर्मा, अञ्जना बिसंखे, अजम्बर राई, अजयशंकर नायक, अमरबहादुर तमु, अशोक कुमार मण्डलको नाम सूचीमा रहेको छ ।
त्यस्तै, रामदीप आचार्य, रामप्रसाद सापकोटा दीपशिखा, रेणु चन्द, हिमाल शर्मा, गोपाल शर्मा, कृष्ण केसी, राजन दाहाल, हरि दाहाल, वसन्त घर्ती, धर्मशिला चापागाईं, रामकुमार शर्मा, कुमारी मोक्तान, अमर तमु, सुशीला सिम्खडा, युवराज दुलाल, युवराज चौलागाईं, रमेश मल्लको नाम पनि सूचीमा छ ।
यसैगरी सूचीमा बीना मगर, केशव न्यौपाने, कपिल लामा, नेपबहादु चौधरी,सत्या पहाडी, प्रकाशहरि पोखरेल, महेन्द्र पासवान, कल्पना धमला, रेनुका पराजुली, सुरेश मानन्धर, महेश्वर यादव, जगत यादव, गोपाल ठाकुर, लक्ष्मण पन्त, दिलीप प्रजापति, सावित्री काफ्ले, सूर्य सुवेदी, नारायण दाहाल, हितराज पाण्डे, सुरेश राई, झक्कु सुवेदी, महेश्वरजंग गहतराज, राजु खड्का, शिवकुमार मण्डल र रामकुमार शर्माको नाम पनि रहेको छ ।
प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन् । जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ ।
तर, उक्त प्रस्तावित नामप्रति नेताहरुले आपत्ति जनाइसकेका छन् । प्रस्तावित नाममा मापदण्डविपरीत रहेको आरोप लगाइएको छ ।प्रस्तावित नामप्रति बैठकस्थलमै विरोध भएपछि बैठक पनि स्थगित गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


