सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्ने सांसद राईको माग

काठमाडौं, २३ असार । नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्ने बताएकी छन् ।
बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँचपासमा लापरबाही हुने गरेकाले दुर्घटना बढेको बताइन् ।
उनले आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको र बिग्रिएका सवारी साधन गुडाउँदा दुर्घटना हुने गरेको बताइन् ।
जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले यसमा कडाइ गर्नुपर्ने उहाँले बताइन् ।
त्यस्तै सार्वजनिक सवारी साधनहरुले यात्रुलाई खुजुरा पैसा नभएको भनि मनलाग्दी भाडा असुल्ने गरेकाले त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने उनले बताइन् ।
उनले दैनिक उपभोग्य वस्तुमा समेत अत्याधिक मूल्यवृद्धि भइरहेकाले सरकारले पसलहरुमा समेत अनुगमन गर्नुपर्ने बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


