बाराबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

बारा, २३ असार । प्रहरीले बाराबाट कटुवा पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका–१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सिम्रौनगढ– १ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुड्डुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।
टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको शरीर खातलासी गर्दा गुड्डु मुखियाको साथबाट कटुवा पेस्तोल फेला परेको बारा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


