पर्सा, २३ असार । प्रहरीले लागूऔषध गाँजासहित पर्साबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश कमलसागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान भारती र भारत विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा– १० का २८ वर्षीय सुनिल भारती रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मंगलबार राति १० बजे वीरगञ्ज महानगरपालिका–२८ बगहीको बाटो हुँदै लागूऔषध गाँजा ओसार पसार भइरहेको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले वीरगन्ज–२८ बगही गेट नजिकबाट दुवैजनालाई ९० केजी गाँजासहित पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटको कारलाई चेकजाँच गर्दा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।