पर्सा, २३ असार । पर्सा प्रहरीले २७० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको २७ वर्षीय विजेशकुमार यादव र पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरको बाटो हुँदै लागूऔषध गाँजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।