सडक पेटीमा मकै किनेर खाएपछि धरानका मेयर साम्पाङको प्रशंसा

धरान, २१ असार । सडक पेटीमा व्यापार गर्नेलाई अवरोध गरेका कारण काठमाडौंका मेयर बालेन शाह आलोचित भइरहँदा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले भने सडकपेटीमा व्यापार गर्नेसँग सौहार्द व्यवहार गरेका कारण तारिफ पाएका छन् ।
मेयर साम्पाङले आफ्नो फेसबुकबाट मंगलबार सार्वजनिक गरेको भिडियोमा उनले फुटपाथमा पोलेको मकै किनेर खाँदै गरेको देखिएको छ । उक्त भिडियोको कमेन्टमा धेरैले तारिफ गरेको छन् ।
भिडियोमा मेयर साम्पाङले फुटपाथमा मकै पोल्दै गरेकी एक वृद्ध महिलासँग मकै किनेको देखिन्छ । मेयर साम्पाङले ती वृद्ध महिलालाई सडकको फोहोर व्यवस्थापन गर्न अनुरोधसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


