एउटै पालिकाका दुई बालकको चट्याङ लागेर मृत्यु, ९ जना घाइते

प्युठान, २१ असार । एउटै पालिकाका दुई बालकको चट्याङ लागेर मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ लागेर स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवैजनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर ऐरावतीको वडा नम्बर–६ का ५ जना र वडा नम्बर–१ दाङवाङका ४ जना गरी ९ जना घाइते भएको थापाले जानकारी दिए ।
घाइते मध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको र घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


