नागरिकता विधेयक : पुरानो फिर्ता लिएर नयाँ दर्ता गराउने सरकारको तयारी

काठमाडौं, २१ असार । सरकारले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने भएको छ ।
मंगलबार साँझ बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटेको र संशोधित विधेयक बुधबार नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी रहेको बताइएको छ ।
यसअघि नागरिकता विधेयकका लगभग सबै विषय टुंगिए पनि वैवाहिक अंगीकृत नागरिकता पाउने अवधिका बारे दलहरुबीच मत भिन्नता थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिले तीन वर्षसम्म छलफल गरेर संसदमा प्रतिवेदन पुर्याएपछि सरकारले बुधबार नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर अर्को संशोधित विधेयक लैजाने तयारी गरेको हो ।
पछिल्लो समय विधेयक पारित गर्ने कोसिस भए पनि सत्ता गठबन्धनभित्रै वैवाहिक अंगीकृत नागरिकता पाउने अवधिबारे मतभेद भएपछि सरकार विधेयक नै फिर्ता लिने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


