सर्लाहीबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

सर्लाही, २१ असार । सर्लाहीमा एक किराना पसलबाट कटुवा पेस्तोलसहित प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका–११ बस्ने ४३ वर्षीय छोटेलाल दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मंगलबार विहान करिब ११ बजे दासले हरिवन–११ मा सञ्चालन गर्दै आएको सुनिता किराना पसलबाट बिशेष सुराकिको आधारमा लुकाई छिपाई राखेको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली एक राउण्ड बरामद भएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
दासलाई पेस्तोलसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


