सर्लाहीबाट लागूऔषधसहित एकजना पक्राउ

सर्लाही, २१ असार । प्रहरीले सर्लाहीबाट लागूऔषधसहित एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हरिपुर नगरपालिका–१० बस्ने ४१ वर्षीय मनोज कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सोमबार राति साढे ८ बजेको समयमा मलंगवा नगरपालिका–१० झिमपुलमा प्रहरीको गस्ती टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्दा साहलाई कोरेक्स ५८ बोतलसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


