८३ लाखभन्दा बढी रकमसहित धनुषाबाट दुईजना पक्राउ

जनकपुरधाम, २१ असार । धनुषा प्रहरीले स्रोत नखुलेको ८३ लाख भन्दा बढी रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको सशस्त्रत्र प्रहरी बल नेपाल नं. ८ गणले जनाएको छ ।
मंंगलबार दिउँसो करिब सवा १ बजे धनुषाको जनकनन्दनी गाँउपालिका–१ ईनर्वा चेक प्वाईन्टको सीमा ईलाकामा आलुको बोरामा ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो ।
सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा सवार भई आलुको बोरामा राखेर आइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा रकम बरामद भएको बताइएको छ ।
प्रहरीले १ हजार दरको ७ हजार नोट, ५ सयको २ हजार ६९९, १ सयको १ सय र ५० को १ सय नोट नियन्त्रणमा लिएको छ ।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि व्यक्ति¸ नगद र मोटरसाइकल जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


