बारा, २० असार । बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको परवानीपुर गाउँपालिका– ५ बहुअरीका उपेन्द्र प्रसाद पटेलका ११ वर्षीय छोरा प्रिन्स पटेलको मृत्यु भएको हो ।

घरमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर बालक घाइते भएका थिए ।

वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।