चितवन, १८ असार । चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।