गुल्मी, १८ असार । गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ निवासी ३५ वर्षीय एक युवक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक भीमबहादुर दाहालले बताए ।

आफ्नै भाइ बुहारी नाता पर्ने १९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको दाहालले बताए ।

पक्राउ परेका आरोपित पुरुषमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।