धम्की दिएर रकम असुल गरेको आरोपमा दुईजना पक्राउ

मोरङ, १८ असार । मोरङमा धम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–६ का गणेशकुमार कार्की र सोही ठाउँका विशाल ऋषिदेव रहेका छन् ।
प्रहरीका अनुसार विराटनगर कञ्चनबारी बस्ने कार्कीले विराटनगर महानगरपालिका–३ का मुकेश शर्मालाई जेठ ३१ गते पत्र र फोनमार्फत धम्की दिई रकम मागेका थिए ।
शुक्रबार शर्माले मनि ट्रान्सफरमार्फत २५ हजार रुपैयाँ पठाएका थिए । उक्त रकम पथरी शनिश्चरे नगरपालिका–६ हसन्दहस्थित मनि ट्रान्सफरबाट झिक्ने क्रममा प्रहरीले विशाल ऋषिदेवलाई पक्राउ गरेको थियो ।
त्यसपछि उनकै वयान अनुसार गणेशकुमार कार्कीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


