शहिदनगरमा पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

जनकपुरधाम, १८ असार । धनुषाको शहिदनगर नगरपालिकामा पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
शनिबार बिहान शहिदनगर नगरपालिका–५ स्थित बागेश्वरी पोखरीमा डुबेको अवस्थामा अन्दाजी ४०÷४१ वर्षीय एक पुरुषको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक हरि विष्णु ढकालले शवको प्रकृति हेर्दा दुई÷तीन दिन अघिनै डुबेको जस्तो देखिएको जानकारी दिए ।
नम र ठेगाना खुल्न नसकेका सो व्यक्ति सोही ठाउँमा यसअघि बारम्बार देखा परिरहेको स्थानीयले बताए ।
मानसिक सन्तुलन समेत ठीक नरहेका भनिएका उनले लगाएको लुगा पोखरी किनारमा भेटिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


