मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

दाङ, १८ असार । प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई दाङबाट नियन्त्रणमा लिएको छ ।
बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षीय क्रम बस्नेत, १६ वर्षीय रातन बस्नेत, १६ वर्षीय नसिब अहमद, १५ वर्षीय बरुण कुमाल, १९ वर्षीय अनिलसिंह ठकुरी, १९ वर्षकै लक्ष्मण विष्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसियमसिंह ठकुरी रहेका छन ।
उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


