काठमाडौं, १८ असार । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण गरेका छन् ।

शर्मा तथा भ्रमण दलका सदस्यहरु शुक्रबार न्यूयोर्कस्थित मुख्यालय भ्रमणमा गएको नेपाली सेनाले जनाएको छ ।

भ्रमणका क्रममा शर्माले युएन मुख्यालयमा रहेका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गरेका थिए । त्यसक्रममा दुई पक्षीय हित र पारस्परिक सम्बन्ध एवम् युएन मिसनका विविध पक्षमा कुराकानी भएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

शर्मा सात सदस्यीय टोलीसहित जेठ ४ गते लेवनान प्रस्थान गरेका थिए । लेबनान, सिरिया हुँदै उनी अमेरिका पुगेका हुन् । प्रधानसेनापति शर्माको टोली भ्रमण सकेर असार १९ गते स्वदेश फिर्ता हुनेछ ।