लोसपा नेपालको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं, १८ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा संगठन निर्माण र पार्टी विधान लगायतका विषयमा छलफल चइरहेको बताइएको छ । स्थानीय चुनावको समीक्षा र आगामी संघ तथा प्रदेशको चुनावको विषयमा पनि बैठकमा छलफल भइरहेको छ ।
लोसपाले यसअघिनै आगामी चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेको छ । यो बैठकमा कोसँग कसरी गठबन्धन गर्ने विषयमा छलफल हुने एक नेताले बताए ।
उता, जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र पार्टी विभाजन भएपछि कुन पक्षसँग गठबन्धन वा एकता गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले लोसपासँग एकताका लागि छुट्टाछुट्टै प्रस्ताव गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


