सर्लाही, १८ असार । प्रहरीले सर्लाहीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका–३ बस्ने २० वर्षीय महमद बसिर साह फकिर रहेका छन् ।

मलंगवा–८ स्थित खटेको प्रहरी चेकिङ टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका फकिरलाई शंका लागि खानतलासी गर्दा नाइट्राजेपाम ट्याब्लेट २० पिस फेला परेको प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।