जनकपुरधामबाट लागूऔषध हेरोइनसहित दुईजना पक्राउ

जनकपुरधाम, १७ असार । जनकपुरधामबाट लागूऔषध हेरोइनसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–८ खोजपुर बस्ने २४ वर्षीया रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका २ बस्ने ३० वर्षीय मो. आरीफ हुसेन रहेका छन् ।
बिहिवार साँझ करिब ५ बजे लागूऔषध ब्राउन सुगर सहित व्यक्ति हिँडिरहेको गोप्य सूचनाको आधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष अनुसन्धान संयुक्त टोलीले जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकबाट वेल्ही जाने भित्री सडकमा दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
साँझ सावा पाँच बजेको समयमा एक जना महिला र एक पुरूषसँगै हिँडिरहेको अवस्थामा शंकाको आधारमा कानुनको रित पु¥याई उनीहरुको शरीर खानतलाशी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


