जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक झामाथि दुर्व्यवहार

काठमाडौं, १७ असार । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ ।
निर्देशक झामाथि भक्तपुर सानोठिमीस्थित कार्यालय परिसरमै दुर्व्यवहार भएको हो ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले निर्देशक झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको बताइएको छ ।
पाठ्यपुस्तकको कृतिम अभाव तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाका निकट विद्यार्थीले शुक्रबार दिउँसो झामाथि दुर्व्यवहार गरेको बताइएको छ ।
केन्द्रका कर्मचारीका अनुसार चार जनाको समूहमा आएका युवाले झामाथि कालोमोसो दलेका थिए । कालोमोसो दलेलगत्तै कार्यालय परिसरबाट उनीहरू भागेका थिए ।
भक्तपुर प्रहरीले झामाथि दुर्व्यवहार गर्नेको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


