सर्लाही, १७ असार । सर्लाहीमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा बिहिवार राति गाडीको ठक्करबाट हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

नम्बर नखुलेको गाडीले गए राति युवकलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट घाइते भएका युवकलाई तत्कालै नमूना अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले दुर्घटनामा संलग्न रहेको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।