बारा, १७ असार । बारामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो चट्याङ लागेर जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर–७ बस्ने २१ वर्षीय धीरज कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा काम गर्न गएको बेला पानीसँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै २८ वर्षीय नेतालाल पँडित र ८ वर्षीया बालिका कुमारी यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।