सर्लाही, १७ असार । सर्लाहीमा ८ महिने एक शिशु मृत अवस्थामा फेला परेकी छन् । उनकी आमा भने बेहोस अवस्थामा भेटिएको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका–१७ राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका–५ नरेशपुरकी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरीले दुबैजनालाई उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगेपछि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।

उनका अनुसार बच्चाको मृत्यु भइसकेको छ भने आमा अझै बेहोस् छिन् ।

घट्नास्थलबाट प्रहरीले राइनो–५०० र लिपर लेखिएको बिषादीको बट्टा फेला परेको जनाएको छ ।