बाराबाट १० किलो गाजासहित दुईजना पक्राउ

बारा, १६ असार । बारा प्रहरीले १० किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ बस्ने १७ वर्षीय परिचय खुद्यन नसकेको एक युवक र ३४ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।
बिहीबार दिउँसो सवा १ बजे जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर चौकबाट उनीहरुलाई गाजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार प्रहरी हवल्दारको नेतृत्वमा खटिएको पिकेट टोलीले शंकास्पद तरिकाले पैदल हिँडिरहेका उनीहरुले बोकेको झोला चेकजाँच १० किलो लागूऔषध गाजा फेला परेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


