जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, १६ असार । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिएका हुन् ।
५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।
फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हने विषयमा छलफल भइसकेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


