काठमाडौं, १६ असार । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा बिहीबार आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।