कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, १६ असार । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते बस्नेगरी बैठक बोलाइएको जानकारी दिए ।
उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बस्ने बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।
मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


