जनकपुरधाम, १६ असार । मधेस प्रदेशको प्रदेश सभा बैठक यही असार २० गते बस्ने भएको छ ।

प्रदेश सरकारले बजेट ल्याएको २० दिन पछि प्रदेश सभा बैठक आह्वान गरिएको हो ।

असार २० गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको र बैठकमा बजेटमाथि छलफल हुने प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

उनले केही विधेयकहरुमाथि पनि छलफल हुने बताएका छन् ।