जबरजस्ती करणीको आरोपमा वडाध्यक्षसहित दुईजना पक्राउ

बैतडी, १५ असार । बैतडीमा जबरजस्ती करणीको आरोपमा एक वडाध्यक्षसहित दुईजना पक्राउ परेका छन् ।
मेलौली नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन् ।
पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनीहरु दुवैजनामाथि जबरजस्ती करणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए ।
अदालतबाट म्याद थपेर उनीहरुमाथि थप अनुसन्धान गरिने उनले बताए । नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


