विराटनगरमा नालीमा एक पुरुषको शव फेला

विराटनगर, १५ असार । विराटनगरमा नालीमा एक पुरुषको शव फेला परेको छ ।
विराटनगर महानगरपालिका–६ सरोचियास्थित नालीमा मङ्गलबार राति विराटनगर–५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो ।
सडक किनारको नालीमा राति ११ः२५ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
घटनास्थलनजिक एउटा साइकल पनि लडेको अवस्थामा फेला परेको उनले बताए । रातको समयमा साइकलमा यात्रा गर्ने क्रममा नालीमा लडेपछि उठ्न नसकेर मण्डलको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


