धनगढी, १४ असार । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाइएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै यसअघि थापालाई स्पष्टीकरण सोधिएको थियो । थापालाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेसँगै दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ ।

थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो । जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न निर्देशन पनि दिइएको जनाएको छ ।