गुडिरहेको मालबाहक ट्रकमा एक्कासी आगलागी

सप्तरी, १४ असार । सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ ।
आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।
ट्रकको वाइरिङ सर्ट भएर आगलागी भएको पाइएको सशस्त्र प्रहरी बेस क्याम्प भारदहमा सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए । उनका अनुसार सोमबार राति १२ बजेतिर ट्रकमा आगलागी हुँदा केहि बेर राजमार्ग नै अवरुद्ध भएको थियो ।
आगोलाई नेपाल तथा सशस्त्र प्रहरी एवम् हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


