जनकपुरधाम, १४ असार । धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय संजिव पासवान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।

ढल्केबरबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ज ११ प २०८५ नम्बरको मोटरसाइकल सोमबार साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।