धनगढी, १४ असार । कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको लम्कीचुहा नगरपालिका– ८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया छोरी आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उनीहरूको उद्धार गरे पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ ।