कञ्चनपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु

धनगढी, १४ असार । कञ्चनपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका–५ बस्ने ४८ वर्षीय पुनाराम चौधरी र पुनर्वास नगरपालिका–८ की शारदा थापाको चट्याङ लागेर मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाइँ गर्न गएका चौधरीको बिहान परेको चट्याङका कारण मृत्यु भएको हो ।
थापाको खेतमा काम गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


