बिना कुनै कागजात भारतीय नम्बर प्लेटको गाडीसहित नेपाल प्रवेश गरेका तीनजना पक्राउ

जनकपुरधाम, १४ असार । महोत्तरी प्रहरीले बिना कुनै कागजात भारतीय नम्बर प्लेटको गाडीसहित नेपाल प्रवेश गरेका तीनजनालाई पक्राउ गरेको छ ।
भारतबाट बिना कुनै कागजात र भन्सार समेत नकटाई नेपाल प्रवेश गरेको भन्दै तीन वटा गाडीसहित तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका–५ पर्सापतैली चौरीया टोलस्थित जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकि पर्सापतैलीबाट खटेको प्रहरी टोलिले आकस्मिक चेकजाँच गर्ने क्रममा गाडीसहित तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकश विष्टले जानकारी दिए ।
प्रहरीले डिएल ९ सीक्युएस २६८१ नम्बरको मारुती सुजुकी कार, बीआर ०६ बीवाई ५५४५ नम्बरको मारुती कार र त्यसका चालक भारतको सितामढी जिल्लाको केशवपुरपुरा ग्राम पञ्चायत–३ का २४ वर्षीय अमरेश कुमार, बीआर ३० एम ७५७४ नम्बरको मोटरसाइकल र त्यसमा सवार बैरगामा ग्रामपञ्चायत–९ का २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई पक्राउ गरिएको प्रवक्ता विष्टले जानकारी दिए ।
पक्राउ गरिएका भरतीय सवारी साधनहरुको कुनैपनि किसिमको कागजपत्र तथा नेपाल प्रवेश गर्ने भन्सार अनुमती समेत नपाईएकाले पक्राउ गरी आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा बुझाइएको डीएसपी विष्टले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


