सर्लाहीबाट लाागूऔषधसहित चारजना पक्राउ

जनकपुरधाम, १४ असार । प्रहरीले सर्लाहीबाट लाागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–७ का २० वर्षीय एलिक्स राई, सर्लाहीको लालबन्दी नगरपालिका–१ का २० वर्षीय जितेन्द्र कुमार महतो, २४ वर्षीय रविन कुमार महतो र रौतहटको चन्द्रपुर नगरपालिका–२ का १९ वर्षीय सुमित चौधरी रहेका छन् ।
सोमबार राति पौने १२ बजे कबिलासि नगरपालिका–८ अगर्वास्थित नवलपुर मलंगवा सडक खण्डमा मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको पैदल यात्री एलिक्सलाई शंकाको आधारमा सशस्त्रको चेक प्वाईन्टमा खटेका सशस्त्र प्रहरी टोलिले चेकजाँच गर्दा नाईट्रोभेट ट्याब्लेट १२ सय पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
यस्तै लालबन्दी–१ भित्री सडक खण्डको गोरु बजारस्थित बिशेष सुचनाको आधारमा प्रहरी टोलीले ना ३७ प ४८९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा स्याउको खाली कार्टुनबाट १० किलो लागूऔषध गाँजासहित महतोद्वयलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिए ।
त्यस्तै कबिलासि नगरपालिका–८ अगर्वास्थित चौधरीलाई प्रहरीको गस्ती टोलीले शंकाको आधारमा चेकजाँच गर्दा नाईट्रोभेट ट्याब्लेट १५० पिससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धहरुमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


