जनकपुरधामका अधिकांश घरमा पानी पस्यो, उपप्रमुखको घर पनि डुबानमा

जनकपुरधाम, १४ असार । अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश घरमा पानी पसेको छ ।
सोमबार रातिदेखि निरन्तर भईरहेको वर्षाका कारण नगरभित्रका अधिकांश घर तथा सरकारी कार्यालयहरु डुबानमा परेका हुन् ।
यसैबीच भारी वर्षाका कारण नगरक्षेत्रका अधिकांश बस्तीहरु जलमग्न हुँदा नगर उपप्रमुख किशोरी साहको घर पनि डुबानमा परेको छ ।वडा नम्बर–१० स्थित उपप्रमुख साहको घर र बेडरूममा समेत पानी पसेको छ ।
घर पुरानो भएकोले आसपासका नालाको पानी घरमा पस्ने गरेको उपप्रमुख साहले बताए ।
हरेक वर्ष यसैगरी आफ्नो घर डुबानमा पर्ने गरेको र यसअघि लालकिशोर साह मेयर हुँदा समस्या लिएर गए पनि कुनै सुनुवाइ नगरिएको उनले गुनासो गरे ।
निरन्तरको वर्षाका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत जलमग्न भएको छ । कार्यालयको मुख्यद्वारसहित प्राङ्गणमा करिव १ फिटसम्म पानी जमेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


