सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाइयो, दुईजना पक्राउ

सिरहा, १४ असार । सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाइएको घटना बाहिरिएको छ ।
जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडी टोलकी ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यवहार गरिएको हो ।
कामैतलाई मलमूत्र खुवाइएको आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला देवी साह छन् ।
दुबैजनाले कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको आरोप छ ।
असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुबैजनाले मलमूत्र खुवाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
दुबैजनालाई इलाका प्रहरी कार्यालय लहानको टोलीले नियन्त्रणमा लिई बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


