चितवन, १३ असार । चितवनमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ ।

जिल्लाको माडी नगरपालिका–६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको हो ।

३६ बर्षीय अर्जुन तामाङले खुर्पा प्रहार गर्दा उनकी ५५ बर्षीया आमा मायादेवी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए ।

अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई मुचुल्का गरेर भरतपुर पठाउने तयारी गरिएको छ ।