कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने गिरोह पक्राउ

धनगढी, १३ असार । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको गोदावरी नगरपालिका–१ ऐश्वर्य सामुदायिक वनबाट उनीहरुलाई पक्राउ गरेको हो ।
भारतको हरियाणा सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँटलाई लुटपाट तथा कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए बताए । कार भेटिएको क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको दैजी घर भएका लोकेन्द्रसिंह भण्डारी डडेल्धुरा आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटरलाई लुटपाट गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


