आईजीपी नियुक्ति विरुद्धको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा

काठमाडौं, १३ असार । आईजीपी नियुक्ति विरुद्धको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ । मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रो पटक हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
सोमबारको मुद्दामा महान्यायाधिवक्तासहित सरकारी वकिलहरूले बहस गरेका थिए । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सो रिटमा जेठ १७ मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले एआईजी बढुवा विरुद्धको रिटका प्रत्यर्थी धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागि पेश गर्न आदेश गरेका थिए ।त्यसयता सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ हुँदै आएको छ ।
घनश्याम अर्यालसहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरज प्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


