सिंगो पार्टीको ध्यान अब आउने चुनावमा केन्द्रित हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं, १३ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंगो पार्टीको ध्यान अब आउने चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
पार्टीको पहिलो केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान अब आउने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा लगाउन निर्देशन दिएका हुन् ।
स्थानीय चुनावमा आफूहरूले २८ प्रतिशत मात्रै उम्मेदवार खडा गर्दा पनि ९ लाख मत प्राप्त गर्न सफल भएको बताउँदै उनले मंसिरमा हुन सक्ने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा राम्रो नतिजा ल्याउन पार्टीभित्र सबैले खटिनु पर्ने बताए ।
अध्यक्ष नेपालले वडा तहसम्म पार्टी विस्तार गर्नका लागि लग्नसमेत निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


