कैलालीबाट लुटिएको कर्मचारीको कार भेटियो

धनगढी, १३ असार । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलाबाट लुटिएको कर्मचारीको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार भेटिएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलाबाट लुटिएको कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार प्रहरीले भेटाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको जानकारी दिए ।
कञ्चनपुरको दैजी घर भएका भण्डारी आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


