सप्तरी, १३ असार । सप्तरीमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा आइतबार राति जिपको ठक्करबाट डाक्नेश्वरी–४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो ।

पैदल हिंडिरहेका उनलाई आइतबार राति पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप र चालक ईलाका प्रहरी कार्यालय पातोको नियन्त्रणमा रहेको छ ।