मूल्यवृद्धिको सरकारले अनुगमन गर्छ : मन्त्री बडू

काठमाडौं, १२ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले १२ असारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँबाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताए ।
उनले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्नु आवश्यक रहेको बताए । उनले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको बताए ।
मन्त्री बडूले सरकार जनताको हित र चासोप्रति सधैँ संवेदनशील रहेको स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


