बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

बझाङ, १२ असार । बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश–१–०१ ज १३९९ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खस्दा चालकसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा परेर दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक बैतडीको सुनर्या गाउँपालिका–२ घर भएका ४५ वर्षीय ललितकुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडाध्यक्ष ४५ वर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका –४ का ४८ वर्षीय खगेन्द्र मिश्र र दुर्गाथली गाउँपालिका–७ का ४० वर्षीय विष्णुबहादुर दौल्याल घाइते भएका छन् ।
घाइतेहरूको हात, खुट्टा, टाउको, कम्मरमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल सिमखेतमा उपचार भईरहेको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


