इलाम, १२ असार । इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका–६ का ५० वर्षीय प्रकाश राई रहेका छन् ।

दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।